साउनकाे आगमनसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र

  २०७६ साउन ३ गते १३:४९     विकासन्युज

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरिद गर्न भ्याइनभ्याइ भएको छ ।

हिन्दू महिलाले साउन महिनालाई विशेष महिनाका रुपमा लिने गरेको पाइन्छ । त्यसैले, उक्त महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो वस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने परम्परा रहेको महिलाहरुको भनाइ छ ।

विराटनगर बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ ।

हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ ।

साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेकाले बजारमा यी सामानहरुको खरिद–बिक्री पनि बढेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.