भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीद्वारा आत्महत्या

  २०७६ साउन ३ गते ११:४७     विकासन्युज

काठमाडौं। कर्माचारी भर्नामा अनमियतता गरेको आरोपमा भ्रस्टचार मुद्दा खेपिरहेका उपकुलपति (भिसी) कार्यलयका पुर्व कर्माचारी रामबहादुर पाण्डेको ६ तला माथिबाट हामफालेर मृत्यु भएको छ। उनले आत्माहत्या गरेको प्रहरी आशंका गरेको छ।

बिहीबार दिउँसो २ बजे त्रिपुरेश्वोरको राधा भवन पेरिसरमा उनी मृत अवस्थामा फेला परेका हुन्। उनी भवनको छैठौं तलाबाट खसेका थिए। भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए ।

लमजुङका पाण्डे त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कापीहरु काट्ने काम गर्थिए। आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.