अनेरास्ववियुमा विवाद, माधव नेपाल र प्रचण्ड पक्षको बहिस्कार

  २०७६ साउन २ गते १९:४९     विकासन्युज


काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूमा चरम विवादमा फसेको छ । विवादका कारण बिहिबार आयोजित पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधर नेताहरुले बहिस्कार गरेका हुन् । संयोजक ऐन महरले एक लौटी कार्यकर्ता भेला आयोजना गरेपछि माधव नेपाल र प्रचण्ड पक्षधर विद्यार्थी नेताहरुले बहिस्कार गरेका हुन् ।

प्रचण्ड निकट सह संयोजक रञ्जीत तामाङ विदेशमा छन भने सुरेन्द्र बस्नेतले पत्रकार सम्मेलन बहिस्कार गरे । त्यस्तै, माधव नेपाल पक्षधर सुदेश पराजुली लगायत पनि पत्रकार सम्मेलनमा गएनन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको जोडबलमा मापदण्डै मिचेर महरलाई एकिकृत अनेरास्ववियूको अध्यक्ष बनाईएको थियो ।

एमाले अखिल अध्यक्ष नविना लामा र माओवादी अखिल अध्यक्ष रञ्जित तामाङलाई बाइपास गरेर एमाले अखिलका महासचिव महरलाई संयोजक बनाएर तामाङलाई सह संयोजक बनाईएको थियो ।

एकिकृत संगठनको संयोजक बने लगत्तै महरले माधव नेपाल र प्रचण्ड समूहलाई बाईपास गरेपछि अनेरास्ववियुको विवाद सतहमै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.