टिभिएसले ल्यायो अन्तराष्ट्रिय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

  २०७६ साउन २ गते १८:१२     विकासन्युज


काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ ।

उक्त योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममागई अपाचे आरआर ३१० तथा अपाचे २००४ भी भी टुको टेस्ट राईड मात्र गरी उक्त योजनामा सहभागी हुन सकिनेछ । २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अनुभव संगाल्न पाउने छन् ।

साथै अपाचे आरआर ३१० तथा अपाचे २००४ भी भी टुका खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः रु.१० हजार तथा रु. ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउने छन् । अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी रु. १९ हजार ९३ र अपाचे २००४ भीभीटुको लागि रु ११ हजार २ सय ४५ कायम गरिएको छ ।

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने–“हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइकप्रेमीहरुलाई नयाँनयाँ एक्सपेरियन्स दिलाएर अचम्मित पार्दै आएको टिभिएसले पछिल्लो एक नयाँ योजना अघि सारेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.