आइएमई मोटर्स र कामना सेवाबीच ब्यापार सम्झौता

  २०७६ साउन २ गते १७:०६     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रालि बीच व्यापार सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार आइएमई मोटर्स प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लैलेण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्ने छन् ।

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्स प्रालिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.