पुनर्बीमा कम्पनीका सिइओ भण्डारीको कार्यकाल सकियो, ‘नाफा बढाए’

  २०७६ साउन २ गते १६:५४     विकासन्युज


काठमाडौ । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीको कार्यकाल असार ३१ गतेबाट सकिएको छ । भण्डारीले आफ्नो ४ वर्षे कार्यकालमा केही स्मरणयोग्य कामहरु भएको विकासन्यूजसँग दाबी गरे ।

कम्पनीकाे चुक्ता पूँजी ५ अर्बबाट १० अर्ब रुपैयाँ पुर्याउनु, वार्षिक ७ अर्बकाे प्रिमियम संकलन गर्नु, खुद नाफा करिब डेढ अर्ब बनाउनु, ३० देशमा बीमा तथा पुनर्बीमा गरी ६५ वटा बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध स्थापना गर्नु, नेपाली बीमा कम्पनीले कम्तिमा २० प्रतिशत पुनर्वीमा नेपालमा नै गर्नु पर्ने व्यवस्था गराउनु आफ्नो कार्यकालकाे सफलता भएकाे उनले बताए ।

कम्पनीकाे साधारण सेयर निष्काशन गर्ने आफ्नो प्रयास भने सफल हुन नसकेकाे बताए । ‘क्रेडिट रेटिङकाे काम सकियाे । तर साधारण सेयर निष्काशनकाे केही प्रक्रियागत काम बाँकी रहेकाे छ’-उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.