प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष महर्जनले राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट लिए सपथ

  २०७६ साउन २ गते १६:२९     विकासन्युज


काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष किशोरकुमार महर्जनले आज सपथ लिएका छन् । असार २९ गते सम्पन्न बार्षिक साधारण सभाबाट निर्वाचित ६ जना निर्वाचित संचालकहरु मध्येबाट अध्यक्षमा महर्जन चयय भएको हुन् ।

साउन २ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक कार्यक्रम बीच उनलाई शपथ ग्रहण गराएका हुन् । सो अवसरमा नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्षको शपथ ग्रहण गरे लगत्तै उनले नवनिर्वाचित अन्य संचालकहरुलाई विधिवत रुपमा शपथ ग्रहण गराएको कम्पनी सचिव विशाल हुमागाईँले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.