सिभिल बैंकले पायो आईएसओ ९००१ः२०१५, बैकिङ व्यवसाय साग जस्तो हुन्न, काफल जस्तो हुन्छ

  २०७६ साउन २ गते १६:३६     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । बेलायतको यूनाईटेड रजिष्ट्रार सिस्टमले बैंकको संस्थागत संरचना, कार्यप्रणाली, सेवास्तर, संस्थागत सुशासन लगायतको विधामा ६ महिना लामो अध्ययन र तीन चरणको सुधारपछि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र दिइएको नेपालका लागि देशीय प्रमुख प्रकाश पौडेलले बताए ।

‘हामीले पहिलो र दोस्रो चरणमा अडिट गरेर सुधारका निश्चित सुझावहरु दियौं । तेस्रो चरणमा अडिट गर्दा बैंकको सस्थागत ग्रोथ राम्रो पायौ । ग्राहकको सन्तुष्टिका लागि बैंकले निरन्तर काम गरेको पायौं । बैंकको व्यवस्थापन संरचना पनि राम्रो पायौं । संस्थाको उदेश्य प्राप्तिको लागि व्यवस्थापन समूहले सक्रियता पूर्वक काम गरिरहेको पायौं’, उनले भने–‘बैंकको लिडरसिप पनि राम्रो छ । बैंकको पोलिसी, गाईडलाईन्स सबै राम्रो पायौ । सबै मापदण्ड पूरा भएपछि यो प्रमाणपत्र दिईएका हौं ।’

प्रकाश पाैडेल

आईएसओ ९००१ः२०१५ पाउन बैंकको लागि ठूलो उपलब्धि भएको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए । ‘मर्जरको तयारीमा रहेको बेलामा हामीले आईएसओ ९००१ः२०१५ पाएका छौं । यसले मर्जरको क्रममा नेगोसियसशनको लागि प्वाइट थपेको छ । सेयरधनी सबैको लागि यो खुशीको कुरा हो’ उनले भने–‘यसले बैंकले दिने सेवा स्तर राम्रो छ, बैंकको गुडविल राम्रो छ भन्ने सन्देश दिएको छ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकिङ व्यवसाय सागखेती जस्तो नभई काफलखेती जस्तो भएको बताए । ‘साग रोपेको केही दिनमा नै खान मिल्छ । केही महिनामै सागखेती सकिन्छ । काफल रोपेपछि केही वर्ष कुर्नुपर्छ । तर १५० वर्षसम्म फलिरहन्छ’–उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.