गत आवमा ९२ खर्ब २० अर्बको कारोबार गर्यो एनसीएचएलले, आईपीएसबाट मात्रै साढे १५ खर्ब

  २०७६ साउन २ गते १४:४६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस( एनसीएचएल) ले ९२ खर्ब २० अर्ब रुपैयाँको कारोबार गरेको छ । गत आवमा एनसीएचएलले गरेको कारोबार अघिल्लो आवको भन्दा करिब ३१ प्रतिशतले बढी हो ।

एनसीएचएलले अघिल्लो आवमा जम्मा ७० खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको थियो ।

गत आवमा गरेको कारोबारमध्ये ७६ खर्ब ६७ अर्ब ३३ करोड विद्युतीय चेक राफसाफ (ईसीसी) प्रणालीबाट हो भने १५ खर्ब ५९ अर्ब १५ करोड अन्तर बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत भएको एनसीएचएलकी प्रमुख संचालन अधिकृत मुन्नीराज राजभण्डारीले जानकारी दिइन् । एनसीएचएलले अघिल्लो आवमा ६३ खर्ब ४१ अर्ब ७३ करोड ईसीसीमार्फत र ७ खर्ब ११ अर्ब ९५ करोड आईपीएसमार्फत कारोबार भएको हो ।

गत आवमा ईसीसी, आईपीएस र कनेक्ट आईपीएसमार्फत कुल एक करोड ६८ लाख ७३ हजार ६२ करोड भएको छ । क्लियरिङ हाउसले गएको आवमा ईसीसी प्रणालीमार्फत एक करोड १७ लाख ५५ हजार ७२ वटा चेक राफसाफ गरेको छ भने ४९ लाख ३१ हजार ९ सय ४९ कारोबार आईपीएसमार्फत गरेको छ । अघिल्लो आवमा ईसीसी ९६ लाख ८६ हजार २ सय ७७ वटा चेक साटिएका थिए । आईपीएसमार्फत १८ लाख ७९ हजार ६ सय ६३ वटा कारोबार भएको एनसीएचएलले जानकारी दिएको छ ।

एनसीएचएलले असार ३१ गते मंगलबारमात्रै एक खर्ब एक अर्ब ५६ करोडको कारोबार गरेको छ । कारोबारमध्ये ८५ अर्ब २५ करोड ईसीसीबाट भएको हो भने १६ अर्ब १६ करोड आईपीएसमार्फत भएको हाउसले जानकारी दिएको छ । हाउसले मंगलबार एक दिनमामात्रै एक लाख ६ हजार चेक क्लियरिङ गरेको छ भने आईपीएसमार्फत १४ हजार चार सय ५९ पटक कारोबार भएको छ ।

औसतमा दैनिक ४०/४५ हजार चेक क्लियरिङ गर्दै आएको एनसीएचएलले आर्थिक वर्षको अन्त्यको पछिल्लो साता र दशैंका बेला बढी प्रेसरमा काम गर्नुपर्ने हुन्छ । अन्य समयमा औसतमा ४० हजार चेक क्लियरिङ गर्ने गरेको नेपाल क्लियरिङ हाउसले आर्थिक वर्षको अन्त्यमा एक लाख ६ हजारभन्दा बढी चेक क्लियरिङ गरेको राजभण्डारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.