गुराँस लाइफ इन्स्योरेन्सको बोनस दर ८७ रुपैयाँ कायम

  २०७६ साउन २ गते १३:५४     विकासन्युज


काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक बोनस दर रु.८७ सम्म कायम भएको छ । आव २०७४/०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको असार २९ गतेको पत्रबाट स्वीकृत भएको भएको हो ।

स्थापनाकालदेखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत जीवनबीमाको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले बिमितहरुलाई सर्वाधिक बोनस दर रु.८७ घोषणा गरेर बोनस वितरणमा अब्बल प्रमाणित गरेको दाबी गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले न्यून बीमा शुल्क दरमा नयाँ–नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवम् आधुनिक सेवा प्रदान गरिरहने र भविष्यमा पनि उच्चतम बोनस दर कायम गरी बीमितहरुलाई अझ बढी लाभान्वित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.