असार सकिँदा ४० प्रतिशत रोपाईँ, गतवर्ष भन्दा २३ प्रतिशत कम

  २०७६ साउन २ गते १७:००     विकासन्युज


काठमाडौं । असार सकिँदा मुलुकभर ४०.४६ प्रतिशत मात्र रोपाईँ भएको छ । गत वर्षको तुलनामा यस वर्ष वर्षात ढिलो भएसँगै रोपाईँ २३.४२ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिमा ६३.८८ प्रतिशत रोपाईँ सम्पन्न भईसकेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले मनसुन करिब १० दिन ढिला हुँदा रोपाईँ यस वर्ष २३.४२ प्रतिशत मात्र भएका बताएका छन् ।

नेपालको भौगोलिक अवस्था अनुसार सबै भन्दा बढी मध्य पहाडमा ५३.९६ प्रतिशत रोपाईँ सम्पन्न भएको छ जुन गत वर्षको तुलनामा १३.८ प्रतिशत कम भएको छ ।

तथ्याङ्ग अनुसार उच्च पहाड र तराईमा क्रमश ५१.८१ प्रतिशत, ३५.१२ प्रतिशत रोपार्इँ भएको छ । गत वर्ष सो समयमा उच्च पहाड र तराईमा ६६.२२, ६२.६५ प्रतिशत रोपाइँ समापन भएको थियो ।

यस्तो छ प्रदेशको रोपाइँको अवस्था :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.