गतवर्ष वैदेशिक रोजगारीमा गए ५ लाख युवा, कतार जाने बढी

  २०७६ साउन २ गते १७:१५     सुनिता पुडासैनी

काठमाडौं । आर्थिक वर्ष २०७५/७६मा वैदेशिक रोजगारीका लागि ५ लाख भन्दा बढी नेपाली युवाहरु विभिन्न देशमा गएका छन् ।

गत आवको साउन एक गतेदेखिअसार मसान्तसम्म ५ लाख ८ हजार ८ सय ५५ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्ग वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । जस मध्ये ३२ हजार १२३ जना महिला र ४ लाख ७६ हजार ७०५ जना पुरुष रहेका छन् ।

बैदेशिक रोजगारीमा सबैभन्दा बढी कतार गएका छन् । आर्थिक वर्ष २०७५/७६मा १ लाख ६१ हजार २१५ नेपाली बैदेशिक रोजगारीमा गएका छन् । कतारपछि नेपाली युवाहरु युएई जाने गरेका छन् ।

गत आर्थिक वर्षमा १ लाख १९ हजार ८५५ रहेका युएई गएका थिए । त्यस्तै साउदी र मलेसियामा क्रमशः १ लाख १७ हजार ९०४ जना र ४२ हजार १४६ जना गएको विभागले जनाएको छ । गत वर्ष म्यानपावर कम्पनी मार्फत २ लाख ८ हजार ३५१ जना बैदेशिक रोजगारीमा गए । जसमा १७ हजार ३२५ जना महिला छन् ।

बैदेशिक रोजगारीमा जाने संख्या घट्दो क्रममा
आर्थिक वर्ष २०७४/७५ मा कुल ६ लाख १२ हजार ६८५ जना नेपाली रोजगारका लागि विभिन्न देश गएका थिए । विगत तीन वर्षदेखि वैदेशिक रोजगारमा जानेको नेपालीको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ४२ हजार ८५९ जना नेपाली वैदेशिक रोजगारी गएका थिए ।

अघिल्लो वर्षको तुलना वैदेशिक रोजगारमा जानेको संख्या काम भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ६ लाख १२ हजार ५ सय ८५ जना नेपाली वैदेशिक रोजगारका लागि बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.