बेलायतमा अध्ययनः कति लाग्छ खर्च, कति हुन्छ कमाई?

  २०७६ साउन २ गते १७:३५     डोमी शेर्पा

काठमाडौँ । बेलायत उच्च शिक्षा अध्ययनको लागि विश्वमै उत्कृष्ट स्थानमा पर्ने देश हो । यहाँ संसारभरबाट ४ लाख भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यहाँ अध्ययन गर्न जाने विद्यार्थीको रोजाईमा व्यवस्थापन संकाय, बिजनेस स्टडिज, ईन्फर्मेसन टेक्नोलोजी, विज्ञान, नर्सिङ कोर्स पर्ने गरेको छ। यी त भए विद्यार्थीको छनोटमा पर्ने बिषय, त्यसबाहेक विद्यार्थीहरुले आफुले पढ्न चाहेको अन्य कुनै पनि बिषयहरु अध्ययन गर्न सक्छन्।

२०१०-११ को समयमा धेरै नेपाली विद्यार्थीको छ्नोटमा पथ्र्यो बेलायत । त्यससमयमा कलेजहरु पनि असंख्या मात्रामा खोलिएका थिए । जसले पायो त्यसले कलेज खोलेका थिए, त्यसकारण पछी गएर समस्या आयो । कलेजहरुले पढाउने भन्दा कमाउने बिषयमा गए र कलेज खोलेको जस्तो देखाएर विद्यार्थीहरुसँग पैसा असुले । त्यसले गर्दा २०१३ मा बेलायत जाने विद्यार्थीको संख्या पुरै घट्यो । तर पछिल्लो समय बिस्तारै नेपाली विद्यार्थीको आकर्षण बढीरहेको छ ।

ईन्द्रमणी नेपाल, निर्देशक, ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसन

बेलायतमा पढाई र बसाई खर्च
पढ्नको लागि बेलायतलाई संसार निकै महंगो देशको रुपमा लिईन्छ । अध्ययनको लागि अमेरिका पछिको दोस्रो महंगो राष्ट्रको रुपमा लिइन्छ । बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्नातक तह वा त्यस भन्दा माथिको कोर्स गर्नको लागि वार्षिक लाग्ने खर्च १० हजार पाउन्ड देखी ३० हजार पाउन्ड सम्म रहेको छ । तर औसतमा एउटा विद्यार्थीको वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुन्छ ।

यसमा विद्यार्थीले छात्रवृत्ति पाउने पनि सम्भावना छ । उनीहरुले छात्रवृत्ति २ हजार पाउन्ड देखी ४ हजार पाउन्ड अर्थात २ लाख ७५ हजार देखी ५ लाख ४६ हजार सम्म पाउन सक्छन् । विद्यार्थीलाई उनीहरुको शैक्षिक योग्यताको आधार र आईएल्टिएसमा ल्याएको स्कोरको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । बेलायत अध्ययनको लागि विद्यार्थीले प्लस २ वा ब्याच्लरमा कम्तिमा पनि ६० प्रतिशत भन्दा बढी अंक ल्याएर उतीर्ण गरेको हुनु पर्नेछ । यसबाहेक बेलायतमा विद्यार्थीको बसाइ खर्च १२ हजार पाउन्ड अर्थात १६ लाखको वरिपरी हुने गर्दछ । बसाइ खर्च विद्यार्थीको जीवनशैलीले निर्धारण गर्दछ।

कमाई कति हुन्छ ?
बेलायत सरकारले एक मान्यता प्राप्त विश्वविद्यालयमा पूर्ण समय स्नातक वा स्नातकोत्तर डिग्री अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्ताको २० घण्टासम्म र जाडोगर्मी बिदाको समयमा पुर्णकालीन काम अर्थात फुल टाईम जब गर्ने अनुमती दिएको छ । यसरी उनीहरुले हप्ताको १६० पाउन्ड कमाउन सक्छन् । १ नेपाली पाउण्ड बराबर १ सय ३९ रुपैंया हुन्छ । यसको मतलब विद्यार्थीले हप्ताको २२ हजार २४० को हाराहारीमा कमाउन सक्छन् । यसबाहेक हिउँदेबर्खे बिदामा भने विद्यार्थीहरुले हप्ताको ३६ घण्टा काम गर्ने पाउँछन् ।

अध्ययन पूरा गरेपछी कति समय बस्न पाइन्छ ?
अध्ययन पूरा गरेपछी एक विदेश विद्यार्थीले उनले पढेको बिषयको आधारमा बेलायतमा कति महिना बस्न पाउँछ वा पाउँदैन भन्ने निर्धारण हुन्छ। उदाहरणको लागि यदी तपाईँ १२ महिनाको डिग्री सरहको कोर्स गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो कोर्स पूरा गर्नको लागि लाग्ने समय र थप ४ महिना अध्ययन गर्न पाउनु हुन्छ। यस्तै पिएचडी अध्ययन गरेका विद्यार्थीले १ बर्ष थप बस्न पाउने व्यवस्था छ ।

(ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसनका निर्देशक ईन्द्रमणी नेपालसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.