एनएलजीको आव २०७४/०७५ को वित्तीय विवरण पारित, नगद लाभांस नदिने

  २०७६ साउन १ गते २०:३१     विकासन्युज

काठमाडौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण संचालक समितिको बैठकबाट पारित गरेको छ ।

कम्पनीले एनएफआरएस प्रणाली अपनाउदा सेयर लगानीकर्तालाई बोनस शेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण बीमा समिति पठाउन तयार पारेको जनाएको छ ।

बीमा समितिबाट जारी निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २४ करोड ७८ लाख रुपैयाँ देखिएको छ । एनएफआरएस प्रतिवेदनमा खुद नाफा २४ करोड ७६ लाख रुपैयाँ देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.