आरएमडीसीद्वारा आमाघरलाई नगद तथा खाद्य सामाग्री सहयोग

  २०७६ साउन १ गते १८:४४     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले बृद्वावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद तथा खाद्य सामाग्री सहयोग प्रदान गरेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सो आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई रबिभवन स्थित आमाघरमै पुगी खाद्य सामाग्री ( चामल, दाल, चिउरा, तेल ) र खाना पकाउने ग्याँसका साथै आमाघरको नाममा रु. ५०हजारको चेक हस्तान्तरण गरेका हुन् ।

सो हस्तान्तरण कार्यक्रममा आरएमडीसी का नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजबंशी, वरिष्ठ प्रवन्धक पृथबहादुर थापा, अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानुमाया भण्डारी र अन्य कर्मचारीहरुको साथै सो आमाघरका संचालक सदस्य तथा बृद्वा आमाहरुको उपस्थिति रहेको थियो । सो अवसरमा आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठले यस प्रकारको सहयोगले आमाघरलाई ठूलो मद्दत तथा हौसला मिलेकोमा खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.