नामी र इन्फोडेभ्लपर्सबीच विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग गर्ने सम्झौता

  २०७६ साउन १ गते १७:२४     विकासन्युज

काठमाडौ। जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालीबीच सुचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउन उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार इन्फोडेभलपर्स प्रालीको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनधीले नामीका विद्यार्थीाई सूचना प्रविधिसंग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् । सम्झौतासंगै नामीका विद्यार्थीले सूचना प्रविधीको क्षेत्रमा विश्वबजारमा भइरहेका नया नया अविष्कारसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन् । साथै नामीलाइ सूचना प्रविधीको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनीधीले विश्वास लिएका छन् ।

शैक्षिक ज्ञान दिइरहेको प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको दुइ सस्थाबीच सम्झौता भएको यो पहिलो कार्यक्रम रहेको नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ट व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए । उनका अनुसार विश्वबजारमा सूचना प्रविधीको विषयमा भइरहेको वास्तविक अभयासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउनेछन् ।

यो सहकार्यसंगै नेपाली सूचना तथा प्रविधी बजार तथा उद्योग कलकारखानाले माग गरेको सूचना प्रविधीसंग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ । साथै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले पनि भविष्यमा कुन क्षेत्र रोज्दा आफ्नो रोजगारी सुनिश्चित हुनेछ भन्ने विषयमा अध्ययनकै समयमा जानकारी पाउनेछन् । यो जानकारीले उनीहरुलाई अध्ययन सकिने वित्तिकै रोजगारीमा जान पनि सघाउनेछ ।

समझौतापछि दुवै संस्थाले उद्यमसिल बन्न चाहने र रचनात्मक क्षमता भएका विद्यार्थीलाई यस अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ । नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

इन्फोडेभलपर्स सुचना प्रविधीको क्षेत्रमा क्रियासिल अग्रणी संस्था हो । सूचना प्रविधीसंग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियासिल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.