नेपाल टेलिकमको इन्टरनेट सेवाको महशुल यथावत, ‘ग्राहकलाई सुबिधा दिने’

  २०७६ साउन १ गते ९:१३     विकासन्युज


काठमाडौँ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको छ ।

टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल दरमा बृद्धि नगरेको हो ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको सहप्रवक्ता भण्डारीले बताए ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ । नेपाल टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.