तत्काल भारी वर्षाको सम्भावना छैन- माैसम विभाग

  २०७६ साउन १ गते ९:०५     विकासन्युज

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अब तत्काल भारी वर्षाका सम्भावना नरहेको जनाएको छ । विभागका प्रमुख एवं मौसमविद् सुमनकुमार रेग्मीले विभागको अध्ययनअनुसार तत्कालै पछिल्लो साताको जस्तो भारी वर्षाको सम्भावना नरहेको बताए ।

यस्तै बाढी पूर्वानुमान महाशाखाका प्रमुख राजेन्द्र शर्माले बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न पूर्वानुमानलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको बताए ।

असार अन्तिम साता भारी वर्षा हुने र तटीय क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने पूर्वानुमान गर्दै महाशाखाले सम्बन्धित क्षेत्रमा पाँच लाखभन्दा बढी मोबाइलमा एसएमएस पठाइएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.