कान्ति बाल अस्पतालमा पानी व्यवस्थापन प्रणाली जडान

  २०७६ असार ३१ गते १८:०२     विकासन्युज


काठमाडौं । बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली(रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि(ग्राउन्ड वाटर रिचार्ज) योजना कान्ति बाल अस्पताललाई हस्तान्तरण गरिएको छ ।

स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्ति बाल अस्पतालमा हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रम असार मंगलबार कान्ति बाल अस्पतालमा भएको हो ।

योजना हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेशकुमार राई, स्मार्ट पानीका तर्फबाटसुमन शाक्य र बोटलर्स नेपाल लि.का तर्फबाट प्रदीप पाण्डेको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.