साना किसान विकास लघुवित्तीय संस्थालाई ग्रामीण स्वावलम्वन कोष हस्तान्तरण, अब सेयरको मूल्य बढ्ने

  २०७६ असार ३१ गते १७:१४     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालााई हस्तान्तरण गरेको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर चिरञ्जीवि नेपालको उपस्थितिमा राष्ट्र बैंकले साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालालाई १ अर्ब १० करोडको उक्त कोष हस्तान्तरण गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई १ अर्ब रुपैयाँ दिने घोषणा गरेको थियो । तर, अहिले भने ग्रामीण स्वावलम्बन कोषको १ अर्ब १० करोड रुपैयाँ हस्तान्तरण गरिएको हो ।

कृषि कर्जा कार्यक्रम प्रभावकारी बनाउन संस्थागत सुधार गर्दै, मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा पहुँच सुनिश्चित गर्न साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत परियोजना कै धितोमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताएका थिए ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार हाल सम्म यस संस्थाले करिब ९ लाख किसानलाई ६ अर्ब रुपैयाँ बिनाधितो कर्जा प्रवाह गरेको छ । यस संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ९४८ रुपैयाँ रहेको छ । यसको सेयर मूल्य अब बढ्न सक्छ ।

उक्त कोष साउन १ गतेदेखि वित्तीय संस्थाले सञ्चालन गर्नेछ । यसअघि राष्ट्र बैंकले सञ्चालन गरेको ग्रामीण स्वावलम्बन कोषद्वारा सञ्चालित कार्यक्रमहरु तत्कालीन साना किसान विकास बैंक मार्फत सञ्चालन हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.