बैंकमा पैसा थुप्रियाे, लगानी याेग्य पुँजी ९७ अर्ब रूपैयाँ

  २०७६ असार ३१ गते १६:११     विकासन्युज

काठमाडाैं । असार मसान्तसँगै बैंकिङ क्षेत्रमा तरलता बढेकाे छ । हाल वाणिज्य बैंकहरूमा मात्र ९७ अर्ब रूपैयाँ जम्मा भएकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बताएका छन् ।

सरकारी ठेक्काका भुक्तानी निकासा भएकाे, असार मसान्तसँगै निजी क्षेत्रबाट पनि बाँकी रकम भुक्तानी गर्ने अभ्यास भएकाे, कर्जाकाे व्याज, किस्ता बैंकमा जम्मा भएकाेले बैकिङ क्षेत्रमा तरलता बढेकाे गभर्नरले बताएका छन् ।

तरलता वृद्धिसँगै सरकारले ऋणपत्र निष्काशन गरिरहेकाे छ । नेपाल राष्ट्र बैंकले सोमवार रु २० अर्ब बराबरको ट्रेजरी बिल निष्काशन गरेकाे छ । यसका लागि बैंकहरूले असार मसान्तकै दिन  बोलकबोलको प्रक्रियाबाट लिन सक्छन्

 

त्यस्तै बैंकले गत आइतबार मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । त्यस्तै, बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.