अनरको बजेट स्मार्ट फोन नेपाली बजारमा

२०७६ असार ३१ गते १४:१८ विकासन्युज


काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना अगाडि बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरे लगत्तै त्यही सेगमेण्टमा अनर एट एस नेपाली वजारमा भित्राएको छ ।

यो फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी वजारमा ल्याएको जनाएको छ । यसको उपभोक्ता मुल्य १२,५००।– तोकिएको छ । उक्त फोन नेपाली वजारमा निलो र कालो रङ्ग मा उपलब्ध हुनेछ ।