सेजनको अधिवेशन भदौ १४ गते, अध्यक्षमा गौतम र ढकालले प्रतिष्पर्धा गर्ने

  २०७६ असार ३१ गते १४:०१     विकासन्युज

काठमाडौँ । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २० औँ वार्षिक साधारण सभा एवम् अधिवेशन भदौ १४ गते हुने भएको छ । मंगलबार बसेको कार्य समितिको बैठकले भदौ १४ गतेसाधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभा र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सहभागी हुन साउन मसान्त भित्र सदस्यता नबिकरण गरारासक्नु पर्ने निर्णय भएको सेजनका महासचिव भीम गौतमले जनाएका छन् । परिचयपत्र नबिकरण गर्न आउँदा एक प्रति फोटो सचिवालयमा उपलव्ध गराउन समेत सेजनले आफ्ना सदस्यहरुलाई अनुरोध गरेको छ ।

अध्यक्षमा गौतम र ढकाल भिड्ने
भदौ १४ गते अधिवेशनको मिति तोकिएपछि उक्त अधिवेशनले चयन गर्ने नेतृत्वका बारेमा आर्थिक पत्रकारहरु बीच चर्चा परिचर्चा शुरु भएको छ ।

सेजनको भावी नेतृत्वका लागि हालसम्म भीम गौतम र मोदनाथ ढकालले अध्यक्षमा प्रतिपष्र्धा गर्ने बुझिएको छ । गौतम सेजनका वर्तमान महासचिव हुन् भने ढकालले यसअघिपनि अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका थिए ।

भीम गौतम                                                       मोदनाथ ढकाल

अधिवेशन हुने मिति आउन डेढ महिना बाँकी रहेपनि केही समय अघिदेखि नै भावी नेतृत्वका लागि गौतम र ढकालले आन्तरिक भेटघाट र छलफललाई तिब्रता दिएका छन् ।

दुबै पक्ष आ–आफ्नो प्यानल बनाउन सक्रिय रहेको बुझिएको छ । प्यानलनै बनाएर चुनावमा प्रतिष्पर्धा गर्ने भएकाले उपयुक्त उम्मेदवारको सूची तयार गर्न दुबै पक्ष सक्रिय देखिएका छन् ।

अध्यक्षमा प्रतिपष्र्धा गर्न गौतम र ढकालले तयारी गरेको भएपनि अरु पदहरुमा भने अहिलेसम्म खुलेर कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.