कोरियन सीप परीक्षणको समय सर्याे, मंसिर ४ गतेदेखि १९ गतेसम्म हुने

  २०७६ असार ३१ गते १२:२३     विकासन्युज

काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीको सीप तथा क्षमता परीक्षण काम सरेको छ । प्रत्येक वर्ष हुने उक्त दास्रो चरणको सीप परीक्षण आगामी भदौं ४ देखि १८ गतेसम्म हुने भनिएता पनि हालै ईपीएसले आगामी मंसिर ४ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

कात्तिक २७ गतेसम्ममा दास्रो चरणको कार्य हुने र मंसिर ४ गतेदेखि १९ गतेसम्म सीप परिक्षण तालिम हुने जानकारी दिँदै पुषको ४ गते नतिजा प्रकाशन गर्ने ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए । सीप परिक्षण गर्ने तत्काल तयारी नपुग्दा हाल गर्न नसक्ने प्रवक्ता भण्डारीले जानकारी दिए । यस वर्ष भाषा परीक्षा १२ हजार ९ जनाले पास गरेका थिए ।

जसमा ९ हजार १ सय ३३ जना उत्पादनमूलक क्षेत्रतर्फ र २ हजार ८ सय ७६ जना कृषि क्षेत्रमा उत्तीर्ण भएका थिए । दुवै क्षेत्रमा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीबाट ६ हजार ७ सय कामदार मात्र छनोट गर्ने जानकारी दिएको छ । जसमध्ये उत्पादन क्षेत्रमा ४ हजार ७ सय र कृषि तथा पशुपालन क्षेत्रका लागि २ हजार कामदार छनोट हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.