एनआइसी एशिया क्यापिटलको म्युचुअल फण्ड इकाइ बिक्री साउन ८ गतेदेखि, कसले कति पाउने ?

  २०७६ असार ३१ गते १०:२३     विकासन्युज

काठमाडौं । एनआइसी एशिया क्यापिटलले १२ करोड ५० लाख इकाइ म्युचुअल फण्ड निष्काशन गर्न लागेको छ । उक्त म्युचुअल फण्ड इकाई साउन ८ गतेबाट निष्काशन गर्ने भएको हो ।

उक्त इकाई मध्ये एनआइसी एसिया बैंकलाई १ करोड ७५ लाख, एनआइसी क्यापिटललाई १२ लाख ५० हजार र सर्वसाधारणका लागि १० करोड ६२ लाख ५० हजार इकाई छुट्याइएको छ । निष्काशन छिटोमा साउन १२ र ढिलोमा भदौ ५ गते बन्द हुने कम्पनीले जनाएको छ ।

एनआइसी एसिया बैंक म्युचुअल फण्ड नाम दिइएको र प्रति इकाइ १० रुपैयाँका दरले निकाष्शन हुने म्युचुअल फण्डमा कम्तिमा १०० र बढीमा १ करोड ७५ लाख इकाइका लागि आवेदन दिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.