साधना र आर्थिक समृद्धि लघुवित्तको एकीकृत कारोबार शुरु

  २०७६ असार ३० गते १९:२६     विकासन्युज


काठमाडौँ । साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तिय संस्थालाई प्राप्ती(एक्विजिशन) गरी साधना लघुवित्त वित्तिय संस्थाको नामबाट सोमबारदेखि एकीकृत कारोबार प्रारम्भ गरेको छ । केन्द्रीय कार्यालय हरमटारी गोरखामा एक औपचारिक समारोहकाबीच नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले एकीकृत कार्यक्रमको सुरुवात गरेका हुन् ।

दुबै संस्थाले प्राप्तीका निमित्त सहमति पत्रमा जेठ २५ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारण सभावाट पारित विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकको असार २५ गते अन्तिम स्वकृती पत्र प्राप्त गरेको हो ।

आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति(एक्विजिशन) पश्चात् बन्ने संस्था ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बेहोर्ने, सकार्ने गरी प्राप्ति(एक्विजिशन) गर्न स्वीकृती प्राप्त भएको हो ।

नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयको असार २७ गतेको पत्रवाट समेत स्वीकृति प्राप्त गरेको थियो । प्राप्ति पश्चात वित्तीय संस्थाको हालको चुक्तापूँजी रु.७ करोड ३५ लाख हुने र संस्थाको कुल निक्षेप रु २८ करोड, कुल लगानी रु. १ अरव २० करोड, शाखा संख्या कुल ४०, सदस्य संख्या ३३,००० हुने जनाइएको छ ।

वित्तीय संस्थाको आगामी आर्थिक वर्ष २०७६÷७७को योजना अनुसार १ः१(१०० प्रतिशत) हकप्रद शेयर तथा सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.