नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष कार्कीले भने–अब वित्तीय सुधारमा भूमिका खेल्नेछौँ

  २०७६ असार ३० गते १९:२७     विकासन्युज

काठमाडौ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६/७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कायक्रमको सार्वजनिक गरेको छ । सोही नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा बोर्डले समष्टिगत बजार सुधार तथा विकासका बुँदाहरु सार्वजनिक गरेको छ ।
कार्यक्रम धितोपत्र बोर्डका अध्यक्ष डा. रेबत बहादुर कार्कीले भने–‘व्यापार क्षेत्रको विस्तार, स्थिर सरकार लगायत अन्य सकारात्मक संकेतहरु समेत देखा परेकाले धितोपत्र बजारमा सुधार हुन्छ ।’ अब बोर्डले वित्तीय सुधारको भुमिका खेल्नेछ ।’
पछिल्लो समय काठमाडांै उपत्यका बाहिर समेत पुँजी बजार गतिविधिहरु बढ्दै गएकाले सो सम्बन्धी जानकारी बढाउने भएको छ । जनसहभागिता बढाउन प्रदेश नम्बर १ बाट शुरु गरिएको प्रादेशिक पूँजी बजार प्रदर्शनीलाई बजार व्यवस्थापन मार्फत अन्य प्रदेशमा संचालन गर्न बोर्डले सहजीकरण गर्ने भएको छ ।

बोर्डले सार्वजनिक गरेका बुँदाः

केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको सेयरहरुको बीमा गर्नकालागि बोर्डले सहजीकरण गर्ने ।
नेपाल सरकारले कर छुट मार्फत उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गरेको परिपेक्षमा यस्ता कम्पनीलाई सहुलियत दरमा ऋण प्रवाह गराइ थप प्रोत्साहनको व्यवस्था गर्ने ।

सूचीकृत कम्पनीहरुका संस्थापकहरुको लक इन पिरियड सम्बन्धी हाल कायम व्यवस्थालाई बजारमा प्रतिकूल असर नपर्ने गरी सुधार गर्ने ।

बेस्ट ग्रेडिङ पाएका सूचीकृत संगठित संस्थाहरुलाई मुद्रा बजार मार्फत ऋण प्रवाहमा सहुलियतमा सहजीकरण गर्ने ।

बोर्डमा प्राप्त हुने ‘कन्ट्राष्ट स्पेशिफिकेसन’ को अध्ययन गरेर कारोबारका लागि दर्ता गर्ने ।

धितोपत्र दलाल व्यवसायीहरुको कार्य क्षेत्र बिस्तार गर्न ब्रोकर डिलर सिप र एडभाइजरी सेवाको व्यवस्था गर्ने ।

मार्जिन कारोबार सम्बन्धी कार्यविधि पूर्वाधार तयार भइसकेकाले शीघ्र रुपमा कारोबार सुरु गराउने ।

आइक्यानसँग सहकार्य गरेर बोर्डले सूचीकृत संगठित संस्थाहरुको एनएफआरएस कार्यान्वयनको आवश्यक कार्य अघि बढाउने । वित्तीय विवरण पुनरावलोकन गर्ने संयन्त्र विकास गर्ने ।

वित्तीय साक्षरताका लागि बोर्डमा छुट्टै साक्षरता विभागको स्थापना गर्ने ।

बोर्डको अनुमति तथा स्वीकृतिका क्रममा रहेका फाइलहरु तथा अन्य कागजातहरुको स्थितिको पहिचान तथा पहुँचका लागि फाइल ट्याकिङ सिस्टम शीघ्र कार्यन्वयनमा ल्याउने ।

आर्थिक वर्ष २०७६÷७७ बाट बोर्डले ‘एक्चुरी भ्यालुएसन’ कार्यन्वयन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.