१ लाख ७ हजार घुस लिएको अभियोगमा महानगरका नायव सुब्बा सोती अख्तियारको नियन्त्रणमा

  २०७६ असार ३० गते १९:१६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका, समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले एक लाख सात हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
नायव सुब्बा कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगले नियन्त्रणमा लिएको हो ।
निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसर बरमहलबाट रंगे हात नियन्त्रण लिइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.