अशोक लेलैण्डको मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर असार ३० देखि

  २०७६ असार ३० गते १९:०३     विकासन्युज


काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ सञ्चालन गरेको छ ।

देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरु माझ अफर ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५%, ल्युबमा १०%, लेबर श्ुाल्क ३०% साथै च्यासिस ग्रीजिंगमा ३०% छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।

यो योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकल्स्का कुनैपनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपालभरी असार ३० गते देखि साउन ५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भदौ ०५ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.