क्याम्पियन कलेजले गर्यो स्नातक उपाधि समारोह

  २०७६ असार ३० गते १८:५०     विकासन्युज


काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत रहेको सिजि एजुकेशनद्घारा सञ्चालित क्याम्पियन कलेजले आफ्ना स्नातक उपाधि कार्यक्रम होटल हिमालयमा सम्पन्न गरेको छ ।

करिब १५० जना विद्यार्थीहरु उक्त कार्यक्रममा आफ्नो स्नातक उपाधि लिएका थिए । उक्त कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद लामिछानेको अध्यक्षतामा र नविल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा कलेजका प्राचार्य मनिता ओलीले स्वागत मन्तव्य राखेका थिए । साथै त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले आजको सूचना र प्रविधिको युगमा विद्यार्थीहरु आफूलाई अब्बल सावित गर्नका लागि आफूलाई अध्यावधिक गर्नु पर्ने र बजारका लागि तम्तयार रहनु पर्ने कुरामा जोड दिँदै सम्पूर्ण उपाधि प्राप्त विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे ।

सिजिकर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाणकुमार चौधरीले सम्पूर्ण विद्यार्थीहरुलाई सफल जीवनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुमा उद्यमशिलताको विकास गर्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.