नेपाली बैंकलाई लण्डन पुर्याउन मर्जर आवश्यक छः गभर्नर नेपाल

  २०७६ असार ३० गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबि नेपालले नेपाली बैंकलाई लण्डन पुर्याउन मर्जर आवश्यक भएको बताएका छन् ।

देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकबीचको एकीकृत कारोबार आरम्भको अवसरमा सोमबार गभर्नर नेपालले नेपाली बैंकलाई बलियो बनाएर लण्डन र मलेसिया जस्ता आर्थिक गतिविधि बढी भएका देशमा शाखा संचालन गर्न सक्ने बैंक बनाउन लागिएको बताएका हुन् ।

‘नेपालका बैंकहरू पुँजी र प्रविधिका हिसावले कमजोर छन्,’ उनले भने- ‘बैंकहरूलाई मर्जर गराएर बलियो बनाएर विदेशमा समेत शाखा बिस्तार गर्न लागिएको हो ।’

यी दुबै विकास बैंकले असार २९ गते आफ्नो सम्पूर्ण कारोबार बन्द गरेका थिए । आज असार ३० गतेदेखि दुबै वित्तीय संस्थाले एकीकृत कारोबार गर्ने भएकाले डाटा म्याग्रेशन प्रयोजनका लागि १ दिन सम्पूर्ण कारोबार बन्द गरिएको हो ।

असार १२ गते दुबै कम्पनीको वार्षिक साधारण सभाबाट देवः विकास बैंक लिमिटेडले वेष्टर्न डेपलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.