नेपाल इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको संयुक्त कारोबार शुरु, न्युरोडमा शाखा बिस्तार

  २०७६ असार ३० गते १६:४४     विकासन्युज


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सको प्राप्ति पछि संयुक्त कारोबार शुरु गरेको छ । प्राप्ति पछि बैंकको चुक्तापुँजी वृद्धि भई रु. १२ अर्ब ८९ करोड पुगेको छ । हाल बैंकको कूल निक्षेप रु. १४७ अर्ब र कूल कर्जा रु १३२ अर्ब रुपैयाँ पुगेको छ ।

यता, राजधानीको प्युखा, न्युरोडमा ८१ औं शाखा उद्घाटन गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन(प्राप्ति)लाई रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत गरे ।

देशभर ८१ वटा शाखा, ११८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.