‘साइन रेसुङ्गा’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

  २०७६ असार ३० गते १५:३४     विकासन्युज


काठमाडौँ । ‘साइन रेसुङ्गा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.