ललितपुरको खुमलटारमा जनता बैंकको शाखा बिस्तार

  २०७६ असार ३० गते १३:१०     विकासन्युज


काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटारमा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.