प्रोग्रेशिभ फाइनान्सको साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा पुनः किशोरकुमार महर्जन

  २०७६ असार ३० गते १२:०७     विकासन्युज


काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लि.को एक्काइसौं तथा बाइसौं बार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे ।

सो साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६का निम्ति बाह्य लेखा परीक्षकका रुपमा एसएमसी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको कम्पनी सचिव विशाल हुमागाईँले बताए ।

साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थापक समूहबाट किशोरकुमार महर्जन, लक्ष्मीप्रसाद महर्जन एवम् शम्भुलाल डंगोल निर्विरोध सञ्चालक निर्वाचित भए ।

सञ्चालक समितिको अध्यक्षमा पुनः किशोरकुमार महर्जन
सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन एवम् सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत रोशनकुमार बजिमयले प्रमाणपत्र वितरण गरे । साधारण सभा लगत्तै बसेको नवनिर्वाचित संचालक समितिको बैठकले किशोरकुमार महर्जनलाई पुनःअध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.