मेलम्चीमा काँग्रेस कार्यकर्ताको अवरोध, वडा अध्यक्ष नै काम रोक्न अग्रसर

  २०७६ असार ३० गते ९:३४     विकासन्युज

काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काममा काँग्रेस कार्यकताहरुले अवरोध गरेका छन् । धमाधम काम भईरहेको बेला गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष राम मानन्धरका कारण आयोजनाको काम रोकिएको हो । उनी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेस कार्यकर्ताहरुले त्यहाँ कार्यरत मजदुरहरुलाई काम नगर्नु भनेर भड्काएपछि मेलम्ची आयोजनाको काम रोकिएको हो । मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया मेलम्ची खानेपानी विकास समितिले अघि बढाईरहेको सन्दर्भमा अचानक काम रोकिन गएकोमा दुःख व्यक्त गरेको छ ।

मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न कांग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन नदिन कांग्रेसका केही स्थानीय व्यक्तिहरु सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिले लगाएको छ । अहिले काम नगर्नु भनेर मजदूरहरुलाई उचालेर आयोजनाको काम रोकिएकोमा समितिले गहिरो दुःख व्यक्त गरेको छ ।

सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भईरहेको थियो । यी दुईवटा काम सकिने अन्तिम तयारीमा थियो । भारतीय र नेपाली गरी दुवै ठेकेदार कम्पनीले काम गरिरहेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नु भनेर स्थानीय केही कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.