महालक्ष्मीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले गराए परीक्षण

  २०७६ असार २९ गते १८:४९     विकासन्युज


काठमाडौँ । महालक्ष्मी विकास बैंकका सुकेधारा शाखाले असार २८ गते ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको हो । करिब तीनसय जनाले निःशुल्क स्वास्थ्य जाँच गराउनु भएको उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निःशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको थियो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.