कर्मचारी सञ्चय कोषका कर्मचारीलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट

  २०७६ असार २९ गते १७:१९     विकासन्युज


काठमाडौँ । पोखराको चरक मेमोरियल हस्पिटल प्रालि र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट पोखरा शाखाका शाखा प्रमुख दिलिपराज पौडेल र चरक मेमोरियल हस्पिटलको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार चरक मेमोरियल हस्पिटल पोखरामा उपचार गराउँदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीहरुले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्ने बताइएको छ । यो सम्झौताले कर्मचारी सञ्चयकोषका ६ लाख सञ्चयकर्ता तथा कर्मचारीहरु लाभान्वित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.