झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने न्यून

  २०७६ असार २९ गते १५:३७     विकासन्युज


काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । आज ०.९५ अंकले नेप्से बढेको हो । ०.०८ प्रतिशतले बढ्दा परिसूचक १२४९.४९ विन्दुमा पुगेको छ ।

आज १६१ कम्पनीका १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ । नेप्से झिनो अंकले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ ।

आइतबार ६ सूचकमा हरियाले छायो भने बाँकी राताम्मे भए । बैंकिङ समूह ०.६१, वित्त समूह १.६१, निर्जीवन बीमा समूह ०.१२, उत्पादनमूलक समूह २.५३ र वित्त समूह ०.४७ अंकले घट्यो भने होटल समूह ११.९६, विकास बैंक समूह ८.८५, लघुवित्त समूह ०.९४, अन्य समूह २.२५, जीवन बीमा समूह ३२.५२ र म्युचुअल फण्ड ०.०३ अंकले बढेका हुन् ।

आज माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ८.२७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.