नेपाल इन्स्योरेन्स कम्पनीले साढे ७ प्रतिशत बोनस दिने, सेयर मूल्य निरन्तर घट्यो

  २०७६ असार २९ गते १५:१६     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि ४० लाख २२ हजार नगद लाभांश दिने भएको छ ।

बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ हुनेछ ।

कम्पनीले बोनस सेयर घोषणा गरेको दिन सेयर मूल्य भने घटेको छ । गत विहीबार प्रतिकित्ता ३५५ रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर आईतबार ३५३ रुपैयाँमा बन्द भएको छ ।

दुई वर्षअघि यो कम्पनीको सेयर प्रतिकित्ता १५०० भन्दा माथि गएको थियो । पछिल्लो समय समग्र बीमा बजारको सेयर मूल्य घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.