साञ्जेन र रसुवागढीको सेयर सूचीकरण हुन ढिलाई, कम्पनीले नेप्सेमा किन दिएन आवेदन ?

  २०७६ असार २९ गते १२:५४     विकासन्युज

काठमाडौं । सेयर बाँडफाँट भएको तीन महिना लाग्दा समेत साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले सेयर सूचीकरणका लागि अहिलेसम्म निवेदन दिएका छैनन् । दुबै कम्पनीले अहिलेसम्म नेपाल स्टक एक्चेन्ज(नेप्से)मा आवेदन नबुझाएको प्रवक्ता मुराहरि पराजुली बताए । ‘सेयर बाँडफाँट भएको यति दिनमा सेयर सूचीकृत गरीसक्नु पर्ने भन्ने कुनै व्यवस्था नभएको जनाउँदै उनले भने- ‘नेप्सेमा आवेदन आएको एक महिनामा भने सूचीकृत गरी सक्नु पर्छ ।’

नयाँ आर्थिक वर्ष नजिकिदै जाँदा धितोपत्र बोर्ड तथा नेप्सेले लगाउने सूचीकरण शुल्क र स्थानीयको सेयर बाँडफाँटका कारण कम्पनीले सेयर सूचीकरण गर्न ढिला गरेको हो । एक महिनाअघि सेयर सूचीकरण हुँदा दुबै संस्थालाई ६०/६० लाख रुपैयाँ व्ययभार हुने भएपछि सो भार कम गर्न उक्त सूचीकरण ढिला भएको हो ।

अब सेयर सूचीकरण साउनपछि मात्रै हुने निश्चितजस्तै भएको छ । नयाँ आर्थिक वर्ष लागेपछि रसुवागढीको सेयर सूचीकरण हुने चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । रसुवागढी सेयर सूचीकरण गर्ने प्रक्रियामा रहेको छ,’ उनले भने- ‘जतिसक्दो छिटो सेयर सूचीकरण हुन्छ ।’

धितोपत्र बोर्ड र नेप्सेको सूचीकरण शुल्कका कारण उक्त सेयरको सूचीकरणमा ढिलाइ हुन लागेको हो । ‘हाल सर्वसाधारण, संस्थाका कर्मचारी र संस्थापक कम्पनीका कर्मचारी समेत ६-६ लाख सेयरधनीहरु छन् । नेपाल स्टक एक्चेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायतका कम्पनीहरुमा नवीकरण शुल्क बापत प्रतिसेयरधनी वार्षिक करिब १० रुपैंया नवीकरण शुल्क तिर्नुपर्न हुन्छ ।

त्यसो गर्दा प्रत्येक वर्ष करिब ६० लाख शुल्क तिर्नु पर्ने भयो । अहिले सूचीकरण गर्दा फेरि साउनमा नविकरण शुल्क बुझाउनुपर्छ । यसो हुँदा एक महिनाकै लागि सो मात्रामा शुल्क तिर्नुपर्ने देखियो, नयाँ आर्थिक वर्ष सुरु भएपछि सूचीकरण भए एक वर्षको खर्च बच्ने भयो, त्यसैले ढिला भएको हो ।’ साञ्जेन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ साउनभरीमा सेयर सूचीकृत भइसक्ने बताए । ‘अहिले हामी सूचीकरणको प्रक्रियामा छौं,’ उनले भने ‘बोर्डले निर्णय गर्दैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.