ग्लोबल आइएमईको विशेष साधारण सभा साउन १४ गते, हाथवेलाई एक्वीजिशन गर्ने प्रस्ताव पारित हुने

  २०७६ असार २९ गते ९:२९     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारणल सभा साउन १४ गते हुने भएको छ । असार २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई एक्वीजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिविदन माथि छलफल गर्ने जनाइएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडबीच मर्जर गर्ने प्रयोजनका लागि असार २२ गतेबाट सेयर कारोबार बन्द रहेको छ । तसर्थः असार २१ गतेसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नियमानुसार कारोबार भई साउन ५ गतेसम्म बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौँमा प्राप्त सेयर नामसारी लिखतको आधारमा सेयरधनी किताबमा कायम सेयरधनीहरुले सो सभामा भाग लिन र मतदान गर्न पाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.