सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पाैड्याल

  २०७६ असार २९ गते ८:४२     विकासन्युज

काठमाडाैं । सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पाैड्याल नियुक्त हुने भएका छन् । पाैड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्तावसहित बैंक सञ्चालक समितिकाे बैठक आज बस्दैछ ।

शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा यसअघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका निरज श्रेष्ठले पद अस्वीकार गर्दै लेखेकाे पत्र पेस भएकाे थियाे । निरजकाे नियुक्ती प्रति सञ्चालकद्वय शैलेन्द्र गुरागाई र मालचन्द दुगड असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत नियुक्ति जस्ताे महत्वपूर्ण निर्णयमा सर्वसम्मति नभएकाे र यस विषयलाई  विवादकाे विषय बनाई सञ्चार मध्ययमा फैलाएकाे, राष्ट्र बैंकमा उजुरी गरेकाेले यस्ताे अवस्थामा पदभार समाल्दा राम्राे काम गर्न गाह्राे हुने भन्दै निरजले जिम्मेवारी नलिने पत्र लेखेका थिए ।

स्राेतका अनुसार जनक शर्मा पाैड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भन्नेमा शुक्रबारकाे बैठकमा समझदारी बनेकाे छ । तर शुक्रबारकाे बैठकमा प्रमुख कार्यकारी अधिकृत नियुक्ती सम्बन्धि प्रस्ताव नभएकाेले लिखित निर्णय भएकाे छैन । आइतबारकाे बैठकमा माइन्युट गरिने र निर्णय आइतबार नै सार्वजनिक गर्ने याेजना रहेकाे स्राेतले बतायाे ।

जनकराजसँग करिब तीन दशक लामाे बैंकिङ अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरू गरेका पाैड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लाेवल आइएमइ बैंककाे प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

उनले गत माघकाे पहिलाे साता ग्लाेबल आईएमई बैंककाे प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा गरेका थिए । राष्ट्र बैंककाे नियम अनुसार ६ महिनाकाे कुलिङ पिरियड पार भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.