२२ महिने बालकको चुडिएको २ औँला मेडिसिटीमा जोडियो

  २०७६ असार २७ गते १३:५५     विकासन्युज

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनले च्यापिएर चुडिएको औंलाहरु जोडिएका छन् । करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए । चोरी औँला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसञ्चार रोकिइ सकेको थियो ।

दुर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ । वहाँको अनुसार चोरी औला तल्लो भगवाट चुुडिए पनि अन्य औला भन्दा यो सुरिक्षत रहेको थियो ।

के गरियो औँलामा ?

१ंं सर्वप्रथम चोरी औलालाई काटियो र रिप्लान्टेसन शुुरु गरियो ।
२. त्यसपश्चात, औलाको नसा (फ्लेक्जोर टेन्डोन)संग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुुरु गरियो ।
३. माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन ।

अस्पताल तथा चिकित्सकहरुका लागि चुनौतीः
१. जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नु परेको ।
२. काटिएको भन्दा पनि पेलिएको घाउ भएकाले रिप्लान्टेसन कठिन बनेको ।

जनचेतनामूलक जानकारी
१. औलाको प्रत्यारोपण दूर्घटना ६ घण्टा भन्दा पछाडिपनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने ।
२. टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक ।
३. यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे जानकारी राख्ने ।

उपचारमा संलग्न चिकित्सकहरुमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा.संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए ।

यस किसिमका शल्यक्रियाहरु गर्दा साधारणतया ६ देखि १० घण्टासम्म समय लाग्छ । निकै चुनौतिपूर्ण भएपनि यी शल्यक्रियाहरु विश्वभर रुचाइन्छन् । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल यस शल्यक्रियाका लागि सक्षम रहेको छ ।

नेपाल मेडिसिटीमा यसअघि बुढि औला जोडिएको, औलाको टुप्पो जोडिएको तथा चुडिएको हातनै जोडिएको छ जसको अवस्था अहिले सामान्यतर्फ फर्किसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.