कालिमाटी तरकारी बजारको कृषिमन्त्रीले गरे अवलोकन, विषादी परीक्षणबारे लिए जानकारी

  २०७६ असार २७ गते १२:१८     विकासन्युज

काठमाडौं । कृषिमन्त्री चक्रपाणी खनालले  शुक्रबार विहान कालिमाटी तरकारी बजारभित्र रहेको कृषि परीक्षण केन्द्रको अवलोकन गरेका छन् ।

केहि समय अगाडीदेखि भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण आफ्नै निर्णयबाट गर्न सरकार पछि हटेकाे आलोचित भईरहँदा, उपयुक्त पूर्वाधार नभएकाले तत्काल विषादी परीक्षण गर्न सम्भव नभएको  र सिमाना तथा नाका क्षेत्रमा विषादी परिक्षण गर्न विश्व बजारभित्र नै व्यवस्था नरहेको कृषिमन्त्रीले जानकारी गराएका छन् ।

तरकारीमा भेटिने १६९ विषादीले ३० प्रतिशत ठाँउ ओगटेकोमा २१ वटा विषादी सरकारले पछिल्लो समय प्रतिबन्द गरेको छ । कालिमाटी फलफुल तथा तरिकारी बजार क्षेत्रभित्र रहेको विषादी प्रयोगशालामा भएको अवलोकनमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले वास्तवमा नेपालमा तरकारीमा विषादी छ भन्नेको पछि नलागेर कस्तो विषादी, के असर गर्छ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा सबै आम मानिसको ध्यान जानु पर्ने बताए । हाल अर्गानोफस्फेट र कार्बामेट समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुन्छ, जसले तरकारीमा प्रयोग हुने विषादीको करिव ३३ प्रतिशत हिस्सा ओगट्छ ।

मन्त्री खनाले भने ‘पछिल्लो समयमा विषादी परीक्षण भई रहेको छ, विश्व बजारमा तीन हजार ३५ विषादी रहेपनि हाल नेपालमा १६९ विषादीहरु पञ्जिकरण भएका छन् जसमा सरकारले २१ विषादीलाई प्रतिवन्द लगाएको छ । आगामी आर्थिक वर्षमा ५२ करोड रुपैयाँ अर्गानिक खेती विस्तार तथा विषादी निराकरण गर्नका लागि मन्त्रालयले केन्द्रिय ल्याव तथा बाहिर रहेका ७ वटा ल्यावलाई व्यवस्थित बनाउनका लागि विभिन्न किसिमका विषादी परीक्षण सम्बन्धि तालिम प्रदान गर्दै अगाडी बढ्ने छौं ।’

भान्सामा तरकारी ढुक्क भएर प्रयोग गर्न सक्ने बताउँदै शंका लागेको जुनसुकै तरकारी परिक्षण गर्न सक्ने जानकारी दिए । अबको ६ महिनामा उपत्यका बाहिर ३ वटा ल्याव ल्याउने तयारी सरकारले गरिरहेकाे जानकारी दिँदै भारतबाट मात्र विषादी युक्त तरकारी आयात नभई नेपालमा नि त्यस किसिमको तयारी पछिल्लो समय उत्पादन भएको उनको भनाई छ ।

२०७५ साउन १ गते साल २०७६असार २६ गतेसम्मको २९ सय ४८ तरकारीको नमुना परिक्षण भएको छ । हाल विषादी परीक्षण केन्द्र काठमाडौं लगायत झापाको विर्तामोर्ड, सर्ल्लाही नवलपुर, कास्कीको पोखरा, रुपन्देहीको बुटबल, बाकेको नेपालगञ्ज, कैलालीको अतरियामा रहेको छ । गत वर्षको साउनदेखि असार २६ गतेसम्म मापन गरिएको विषादी परिक्षणमा सबैभन्दा बढि भारतबाट आएको तरकारीमा ११ सय ६३ रहेको छ भने धादिङबाट ३ सय ९०, काभ्रेबाट आउने तरकारी ३ सय ३८ प्रकारका विषादी फेला परेको छ । जसमा प्रयोग नै गर्न नहुने विषादी धादिङबाट आउने गरेको गरेकाे विषादी परीक्षक राजिवदास भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.