कास्मेको अन्तर्राष्ट्रिय सल्लाहकारमा नेपालका मदन मित्तल मनोनित

  २०७६ असार २६ गते १९:३७     विकासन्युज


काठमाडौं । चीनको साना तथा मध्यम आकारका व्यवसायिक प्रतिष्ठानहरुको संस्थाले एकजना नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनित गरेको छ ।

चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे) ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कोषाध्यक्ष मदन मित्तल (अग्रवाल)लाई विज्ञ सल्लाहकार परिषद्को अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य मनोनित गरेको हो ।

गत जुन २१ देखि २३ सम्म चीनको बेइजिङमा आयोजित दोस्रो विश्व एसएमई सम्मेलनका क्रममा संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनित गरेको हो ।

विश्वभरका साना र मध्यम आकारका व्यवसायीबीचको सञ्चार र विकासलाई सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मित्तलले समेत सम्बोधन गरेका थिए । मित्तल नेपाल समुद्रपार निकासी पैठारी संघमा पनि कार्यसमिति सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.