प्रभु लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

  २०७६ असार २६ गते १९:००     विकासन्युज

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा विहीबार होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले कम्पनीका सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

सो साधारण सभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.