युवा उद्यमशीलता सम्मेलनको सह-आयोजकमा आइएमई फाउण्डेसन

  २०७६ असार २६ गते १८:५३     विकासन्युज


काठमाडौँ । आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ मा आइएमई ग्रुप अन्तर्गत रहेर संस्थागत सामाजिक उत्तरदायित्वमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको आइएमई फाउण्डेसन सह–आयोजक रहने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर आयोजित उक्त सम्मेलनमा नेपाल सरकारअन्तरगर्तको राष्ट्रिय युवा परिषद्, प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथाबातावरण मन्त्रालय रबिशाल मिडिया ग्रुपआयोजककारुपमा र आइएमई फाउण्डेसन सह–आयोजकका रुपमा रहने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्मेलनमा सह–आयोजक रहने सम्वन्धमाबिहिवार आइएमई ग्रुपकाप्रवन्धनिर्देशक हेमराज ढकाल र सम्मेलन मूल आयोजक समितिका संयोजक बिशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गर्नु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.