ठमेल र झम्सिखेलमा कुमारी बैंकको शाखा बिस्तार

  २०७६ असार २६ गते १८:३९     विकासन्युज


काठमाडौँ । कुमारी बैंक लिमिटेडले असार २६ गते एकैदिन काठमाडौँ  उपत्यकामा दुई नयाँ शाखा बिस्तार गरेको छ । ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलको (छायाँदेवी कम्प्लेक्स) मा शाखा उद्घाटन गरेको हो ।

ठमेलमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबरा तथा ठमेल पर्यटन बोर्डका अध्यक्ष प्रकाश नरसिंह राणाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष राणाले शाखा उद्घाटन गरे ।

उक्त शाखा विस्तारपछि कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल संख्या ९६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.