कृषि विकास बैंकले गर्याे कीर्तिपुरकाे सामुदायिक सेवा केन्द्रलाई सहयाेग

  २०७६ असार २६ गते १६:५९     विकासन्युज

काठमाडौं । कीर्तिपुरको ट्याङ्गलाफाँटमा सामुदायिक सेवा केन्द्रलाई कृषि विकास बैंकले सहयोग गरेको छ । बैंक शाखा कार्यालय किर्तिपरबाट आयोजित कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा सो सेवा केन्द्र ट्याङ्गलाफांटलाई एक लाख १० हजार रुपैयाँ बराबरको सामग्री सेवा केन्द्रका अध्यक्ष बाबुराम सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सवै प्रकृतिका लोक कल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुन सकेमा त्यसले देश विकासमा महत्वपूर्ण टेवा पु¥याउने जानकारी दिए । देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गर्नुका साथै बैंक पूर्ण रुपमा आधनिक बैंकिङ्ग भै बैंकले हाल एटिएम, एस एम एस, मोवाईल बैकिङ्ग लगायतका सेवा सुविधाहरु ल्याएको बैंकले जनाएको छ ।

सामुदायिक सेवा केन्द्र ट्याङ्गलाफांटका अध्यक्ष बाबुराम सुवेदी, केन्द्रका उपाध्याक्ष सुरेन्द्र उप्रेती, डि.एस.पी छेदीलाल कामतले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कृषि विकास बैंकले पुराएको सहयोगको सराहना व्यक्त गरेका छन् । सो कार्यक्रममा बैंक का.मु.उप–महाप्रबन्धक तथा कार्यक्रमका विशिष्ट अतिथि प्रताप सुवेदीले बैंक नाफामुलक व्यवसायमा मात्र संलग्न नभै सामाजिक कार्यमा पनि त्यतिकै सरिक हुंदै आएको छ ।

उक्त कार्यक्रममा का.मु. विभागीय प्रमुख शंकर अर्याल, बैंकका प्रवक्ता हिमलाल पौडेल, क्षेत्रिय कार्यालय काठमाडौका का.मु.निर्देशक करुणचन्द्र घिमिरे, का.मु. निर्देशक अनिल यादव, शाखा प्रमुख राजेन्द्र रानाभाट ,का.स. झगेन्द्र आचार्य र प्रबन्धक मिना लेखक, नारायणलाल श्रेष्ठ ,बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, बैंकका पूर्व कर्मचारीहरु वि.प्र. गणेश पाण्डे, भरत बस्नेत लगायतका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.